फुटबल विवादः कार्यदलले लियो खेलाडी र प्रशिक्षकको बयान
काठमाडौं । फुटबल प्रशिक्षक र खेलाडी बिचको विवाद समाधान गर्न गठित कार्यदलले सम्बन्धित व्यक्तिसँग बयान लिएको छ । कार्यदलले विवादको केन्द्रमा देखिएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र असन्तुष्ट खेलाडीसँग बयान लिएको हो । ।
एन्फा कार्यसमिति बैठकले पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल भिक्टर राणा को संयोजकत्वमा पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सहित ३ सदस्यि कार्यदल गठन गरेको थियो ।
आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले समस्या पहिचान तथा सिफारिस कार्यदल गठन गर्ने निर्णय गरेको थियो । खेलाडी र प्रशिक्षकबीच विवाद देखिएपछि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय विरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले कार्यसमित बैठक माग गरेपछि बैठक बसेको हो । कार्यदलले प्रतिवेदन बुझाउन सात दिनको समय पाउनेछ । कार्यदलले सत्यतथ्य पत्ता लगाएर यस विषयमा एन्फालाई सुझाव दिनेछ ।
खेलाडीहरु आफुखुसी निस्किएको जसरी बाहिर प्रचार गरिएको छ, त्यसो हैन । प्रशिक्षकले पटक पटक निस्किएर जानका लागि अपशब्द प्रयोग गरेपछि हामीहरु निस्किएका हौं ।’ खेलाडीले छानबिन समिति समक्ष भन्नु भएको छ ।
एएफसी एसियन कप २०२३ छनोटको तयारीमा हाल बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका १० सदस्यले अप्रिल २६ (बैशाख २३ गते) राष्ट्रिय टोलीको बन्द शिविर छाड्नु भएको थियो । एन्फालाई ज्ञापनपत्रमा खेलाडीहरूले आफूहरूलाई शिविर छाड्न भनिएको दाबी गर्नु भएको थियो । सो ज्ञापनपत्रमा एन्फका पदाधिकारीहरूलाई यसबारे जानकारी गराएको थियो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पनि विवादबारे पत्र पठाउनु भएको थियो ।