डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । एमाले, कांग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकायाले गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित हुनु भयो ।
रोकायाले ७ सय ७० मत प्राप्त गर्दा गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याउनु भयो । उपाध्यक्षमा निर्वाचित बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत प्राप्त गर्नु भयो ।
६ वडा रहेको यस गाउँपालिकाका २ वडा माओवादी केन्द्रले जितेको छ भने ४ वडा गठबन्धनले जितेको छ । एमालेले १, ३ र ६ नम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ४ र ५ नम्बर वडा जितेको छ । २ नम्बर वडा कांग्रेसले जितेको छ ।