पानी अभियानलाई नेपाल सरकारले बजेट मार्फत सम्बोधन नगरे बिदेशमै अनसन बस्छु : मित्रलाल पार्दे
पोल्याण्ड – पानी अभियानलाई नेपाल सरकारले अव आउने बजेट मार्फत सम्बोधन नगरे पानी अभियन्ता मित्रलाल पार्देले बिदेशमै अनसन बस्ने चेतावनी दिएका छन् ।
पोल्याण्डमा बसेर नेपालमा पानी अभियान चलाईरहेका पार्देले अव आउने बजेट मार्फत यो अभियानलाई सरकारले सम्बोधन नगरे सरकारलाई दबाब दिन पोल्याण्डबाट अनसन शुरु गर्ने बताएका छन् ।

शुरुमा दबाबमुलक दुई दिने अनसन शुरु गर्ने पार्देले बताएका छन् । हरेक घरमा धारो होस हरेक गाउंमा सिचाई होस भन्ने नारासहित पानी अभियानलाई व्यापक बनाएका पार्देले सबैको घर घरमा पानीको धारा नहुन्जेल सम्म आफ्नो संघर्ष जारी रहने बताएका छन् ।