अस्ट्रेलियाका पूर्व अलराउन्डर साइमन्डसको निधन
अस्ट्रेलियाका पूर्व क्रिकटर एन्ड्रियु साइमन्डसको कार दुर्घटनामा परि निधन भएको छ । ४६ वर्षको उमेरमा निधन हुनु भएका अलराउन्डर साइमन्डसले सन् १९९८ देखी २००९ सम्म अस्ट्रेलियाबाट अन्तराष्ट्रिय क्रिकेट खेल्नु भएको थियो । साइमन्डसले अस्ट्रेलियाका लागि २६ टेस्ट, एक सय ९८ एकदिवसीय र १४ टी–२० आई खेल्नु भएको छ ।
अस्ट्रेलियाले दुई पटक एकदिवसीय विश्वकप र सन् २००६–०७ मा इङल्यान्डविरुद्धको एसेस शृंखला जित्दा उहाँ अन्तराष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य हुनु हुन्यो । साइमन्डसले एकदिवसी अन्तर्राष्ट्रियमा १ सय ९८ खेलमा ३९.७५ को औसतमा ६ शतक र १० अर्धशतक सहित ५ हजार ८८ रन प्रहार गर्नुका साथै १ सय ३३ विकेट लिनु भएको छ ।
यस्तै तेस्ट तर्फ २६ खेलको ४१ ईनिङमा साइमन्डसले २ शतक र ३० अर्धशतक सिहत १ हनाज ४ सय ६२ रन प्रहार गर्नु भएको छ । उहाँले क्रिकेटको सबै भन्दा लामो प्रारुपमा २४ विकेट समेत लिनु भएको छ ।