कोरोनाका कारण चीनले एएफसी एसियन कप आयोजना नगर्ने
चिनियाँ फुटबल संघ (सीएफए) ले हाल चीनमा फैलिरहेको कोभिड–१९ महामारीका कारण सन् २०२३ को एएफसी एसियन कप आयोजना गर्न नसक्ने एसियाली फुटबल महासंघ (एएफसी) लाई औपचारिक रूपमा जानकारी गराएको छ ।
जुन ५, २०१९ मा पेरिसमा भएको एएफसी साधारण कंग्रेसमा चीनलाई एएफसी एसियन कप २०२३ को आयोजना गर्ने अधिकार दिइएको थियो ।
२४ राष्ट्रहरु सहभागि हुने भनिको प्रतियोगिता आगामी जुन १६ देखि जुलाई १६ सम्म चीनका १० सहरमा आयोजना गर्ने तालिका रहेको थियो । प्रतियोगिताको लोगो समेत सार्वजनिक भइसकेको छ र गत वर्ष सांघाई पुडोङ फुटबल रंगशालामा लोगो सवर्वजनिक समेत गरिएको थियो ।
नेपालले पनि एएफसी एसियन कपको लागि तेस्रो चरणको छनोट खेल्ने तालिका छ । जसका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै इन्डोनिया, जोर्डन र कुवेत छन् ।