नेपालले भारतसंग शारीरिक रूपमा चुनौतीपूर्ण टी २० क्रिकेट श्रृंखला खेल्ने
काठमाण्डौं । नेपालले भारतविरुद्ध नेपाल भारत शारीरिक रूपमा चुनौतीपूर्ण टी २० क्रिकेट श्रृंखला खेल्ने भएको छ । काठमाण्डौंको मुलपानीमा तीन खेलको टी २० क्रिकेट श्रृंखला हुन लागेको हो ।
यस श्रृंखलामा दुबै देशका शारीरिक अपाङ्गता भएका राष्ट्रिय क्रिकेट खेलाडीहरुको सहभागिता रहने व्हील चेयर क्रिकेट संघले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागिएको संघले जनाएको छ ।
केही समय अगाडि भारत बंगलादेशमा सम्पन्न फोर नेसन कपको उपविजेता टोली हो । त्यसमा नेपाल लिग चरणबाट बाहिर हुन पुगेको थियो ।
नेपाल र भारतबिचको पहिलो खेल जुन १०,दोश्रो जुन ११ र तेश्रो जुन १२ को दिन हुने बताइएको छ ।