लिग–२ अन्तर्गत नेपालविरुद्ध खेल्ने अमेरिकी टोली घोषणा
संयुक्त राज्य अमेरिका क्रिकेटले आईसीसी विश्वकप लिग–२ अन्तर्गत मे २८ देखि सुरु हुने स्कटल्याण्ड र युएई तथा जुन ८ बाट सुरु हुन नेपाल र ओमानबिचको त्रिकोणीय सिरिज लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।
युवा लेग स्पिनर यासिर मोहम्मद पहिलो पटक अमेरिकाको ओडीआई टोलीमा पर्नु भएको छ । आयरल्याण्डविरुद्ध डेब्यू टी–२० सिरिजमा प्रभावशाली प्रदर्शन गरेपछि उहाँलाई ओडीआई टिममा समेत स्थान दिईएको छ ।
स्कटल्याण्ड र युएईसंगको लिग–२ अन्तर्गतको घरेलु सिरिज पछि अर्को घरेलु सिरिजमा नेपाल र ओमानविरुद्ध खेल्ने छ । अमेरिका र नेपालको पहिलो ओडीआई जुन ११ र दोस्रो ओडीआई जुन १५ मा खेल्ने छ । ओमान र नेपालबिचका खेलहरु क्रमस ९ र १४ जुनमा खेलिने छन् ।
अमेरिकी टोलीः
मोनांक पटेल (कप्तान), आरोन जोन्स (उप–कप्तान), अली खान, क्यामरन स्टीभेन्सन, गजानन्द सिंह, जसकरण मल्होत्रा, निसर्ग पटेल, नोस्टुश केन्जिगे, राहुल जरिवाला, रस्टी थेरोन, सौरभ नेत्रावलकर, स्टीवन टेलर, सुशान्त मोदानी र यासिर मोहम्मद