गोलकिपर अविशेक बराल कम्तिमा ३ महिना मैदान बाहिर रहने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवका गोलकिपर अविशेक बराल कम्तिमा ३ महिना मैदान बाहिर रहने हुनु भएको छ ।
राष्ट्रिय फुटबल टिमको प्रशिक्षण दौरान काँधको चोट बोकेपछि गोलकिपर बराल कम्तिमा ३ महिना मैदान बाहिर रहने हुनु भएको हो । चोट बोकेपछि उहाँको बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पताल स्रोतका अनुसार अविशेक आजअस्पतालबाट डिस्चार्ज हुनु हुनेछ ।
कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटका लागि गोलकिपर अविशेक नेपाली टोलीको प्रशिक्षणमा सामेल हुनु हुन्यो । बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बोलाएको १७ नयाँ खेलाडीमा अविशेक पर्नु भएको थियो ।