जर्जियो चिलेनीले गरे खेलाडी जिवनबाट संन्यासको घोषणा
युभेन्ट्सका महान कप्तान जर्जियो चिलेनीले खेलाडी जिवनबाट संन्यासको घोषणा गर्नु भएको छ । सोमबार राति इटालीयन सिरी ए अन्तर्गत लाजियोसँग बराबरी नतिजा निकालेको युभेन्ट्सको खेल लगतै ३७ वर्षिय चिलेनीले खेल जिवनबाट सन्यासको घोषणा गर्ने भएको हो ।
खेलको १८औं मिनटमा चिलेनी मैदानबाट बाहिरिनु भएको थियो । उहाँले आफ्नो कप्तानको आर्म ब्याण्ड बाँकी खेलको लागि पाउलो डीबालालाई सुम्पिनु भएको थियो ।
चिलेनी मैदानबाट निस्कने क्रममा मैदानमा उपस्थित दर्शकले उहाँले प्रयोग गर्ने नम्बर ३ को जर्सि देखाउँदै ‘एकमात्र महान कप्तान’ भन्दै नारा लगाएका थिए ।
चिलेनी सन् २००५–०६ को सिजनमा फियारेन्टिनाबाट युभेन्ट्स आउनु भएको थियो । डिफेन्डर चिलेनीले युभेन्ट्सबाट ५ सय ५० भन्दा बढी खेल खेल्दै २७ गोल गर्नु भएको छ ।
https://twitter.com/btsportfootball/status/1526279607980281859?s=20&t=aWjOeK8BkKpIo4TvalwU2g