संसदको बजेट अधिवेशन आज देखि
काठमाडौँ । संसदको बजेट अधिवेशन मंगलबार (आज) देखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाउनु भएको छ ।
अधिवेशन अघि संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गर्दै बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउनेलगायत विषयलाई कार्यसूचीमा समावेश गरेको छ ।
तर संसदको हिउँदे अधिवेशन चल्न नदिएको एमेलेले यस पटिक पनि विरोध जारी राख्दै संसद अवरुद्ध गर्ने जनाएको छ । एमालले भदौ २३ देखि संसदमा विरोध जारी राखेको छ ।
एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेपछि एमालेले संसद अवरोरुद्ध गर्दै आएको छ । एमालेले सभामुखले राजीनामा दिनुपर्ने वा माधवकुमार नेपालसहितका नेतालाई कारबाही गरिएको सूचना नटास्दाँ सम्म संसद अवरोरुद्ध गर्ने जनाएको छ ।
नीति तथा कार्यक्रम पेस गर्ने दिन विरोधको शैली फरक भए पनि माग पुरा नभए सम्म विरोध गर्ने एमले स्रोतले जनाएको छ ।
सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।
यो प्रस्ताव मंगलबारको बैठकमा राख्न लागिएको छ । मंगलबार संसद्को बैठक बस्नुअघि २ बजे सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका बोलाउनु भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकबाट पाएको परामर्शका आधारमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल कार्यविधि तय हुनेछ । प्रतिनिधिसभाको नियमावलीको नियम १४२ को उपनियम ४ अनुसार यो छलफल भने राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा १५ दिनअघि नै सक्नुपर्ने प्रावधान छ । जेठ १५ मा बजेट आउने भएकाले छलफल १५ दिनअघि गर्न सम्भव छैन ।