पुनरागमन गर्ने योजनामा नेपाल
काठामडौं । पहिलो टी–२० आईमा भ्रमण टोली युगान्डाविरुद्ध पराजय बेहोरेको नेपाली महिला टोली दोस्रो खेलमा पुनरागमन गर्ने योजना सगिहत बुधबार (आज) मैदान उत्रदैछ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेलिने दुई देशबिचको खेल दिउँसो १ बजेदेखि सुरु हुने छ । सोमबार सम्पन्न पहिलो टी–२० आईमा नेपाल १२ रनले पराजित भएको थियो । पहिलो खेलमा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटरहरुको प्रदर्शन खास रहन नसक्दाँ नेपाल सिरिजमा अग्रता कायम गर्नबाट चुकेको थियो ।
युगान्डाले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको नेपाल १२ रनले पराजित भएको थियो ।
नेपालको महिला क्रिकेट टोलीले पलिलो पटक घरेलु मैदानमा द्धिपक्षिय सिरिज खेल्दै छ । युगान्डा पनि टी–२० आई मान्यता प्राप्त राष्ट्र भएकाले यस खेललाई आईसीसीले समेत मान्यता दिएको छ । साथै यस सिरिजले दुबै देशको टी–२० आई विश्व वरियतामा समेत प्रभााव पार्ने छ । विश्व वरीयतामा हाल नेपाल १६ औं स्थानमा तथा युगान्डा १९ औं स्थानमा रहेका छन् ।
सिरिजको तेस्रो खेल खेल बुधबार ५ गते , चौथो खेल बिहीबार ६ गते र अन्तिम खेल शुक्रबार ७ गते हुनेछ ।
नेपाली टोली
रुबिना क्षेत्री, सीता राणा मगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अश्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरण्मयी रोय र बिन्दु रावल ।