टस हारेर नेपाल ब्याटिङ गर्दै , टिममा ३ परिवर्तन
काठमाडौं । युगान्डासँगको दोस्रो टी–२० आईमा नेपाली महिला टोलीलले पहिला ब्याटिङ गर्ने भएको छ ।
टियू क्रिकेट मैदानमा युगान्डाकी कप्तान कोन्सी अविकोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
यस खेलमा जेपालले ३ परिवर्तन गरेको छ । ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापाले प्लेइङ ११ बाट बाहिरिदाँ सीता रानामगर, काजोल श्रेष्ठ र सरिता मगरलाई टिममा सामेल गरिएको छ ।
पाँच खेलको सिरिज अन्तर्गन पहिलो खेलमा १२ रनको हार बेहोरेको नेपाल १–० ले पछि छ । आजको खेलमा जित निकाल्दै सिरिजमा पूनरागमन गर्ने योजनामा नेपाल हुने छ ।
नेपालको प्लेइङ ११
रुविना क्षेत्री, इन्दु बर्मा, काजोल श्रेष्ठ (विकेटकिपर), कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, डली भट्ट, सबनम राई, सरिता मगर, सीता रानामगर र विन्दु रावल ।