कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने हुनु भएको छ ।
अरुणा नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लाग्नु भएको हो । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उहाँ त्यसतर्फ जान लागेको संघले जनाएको छ । अरुणा प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएपनि जाने मिति भने तय हुन बाँकी छ । अरुणाले त्यहाँ ३५ दिन सेटरको प्रशिक्षण गर्नु हुनेछ ।
यस अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली पनि नेदरल्यान्ड्समा प्रशिक्षणका लागी जानु भएको थियो । प्रतिभा पाँच बर्ष अधि प्रशिक्षणका लागि नेदरल्यान्ड्स जानु भएको थियो ।
अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन् । उहाँको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेको थियो ।