नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने !
काठमाडौं । गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । तयारी अभावका कारण प्रतियोगिता सर्ने निश्चित भएको हो ।
संघीय सरकारको मन्त्रीपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । तर सरकारले तयारी अभावको कारण देखाउँदै प्रतियोगिता केही महिनाका लागि सार्ने तयारी गरेको हो ।
राखेप स्रोतका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोजमा आयोजना गर्ने तयारी छ ।
मन्त्रीपरिषद्ले जेठ २२ देखि प्रतियोगिता आयोजना गर्ने बताएपनि आवश्यक तयारी अघि बढ्न सकेको थिएन । निकै छोटो समयको तयारीमा प्रतियोगिता गर्ने निर्णय सरकारले गरेको थियो ।
प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको नवौं संस्करण २०७७ मा हुनुपर्ने हो । तर कोभिड १९ को प्रभाव र सरकार परिर्वतनका कारण प्रतियोगिता समयमै हुन सकेन ।