लिभरपुल विजयी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति रम्पन्न खेलमा लिभरपुल विजयी भइको छ । पुनरागमन जित निकालेको छ । लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनो र जोएल माटिपले एक एक गोल गर्नु भयो । साउथह्याम्पटनका लागि नाथन रेडमोन्डले एक गोल गर्नु भयो ।
खेलमा सुरुवाती अग्रता भने साउथह्याम्पटनले लिएको थियो । खेलको १३ औं मिनेटमा नाथन रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाउनु भएको थियो । तर, २७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काउनु भयो । त्यसपछि खेलको ६७ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाउनु भयो ।
यससंगै लिग तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले उपाधिको होड कायम राखेको छ । लिभरपुलले ३७ खेलमा ८९ अंक जोडेको छ । साउथह्याम्पटन ४० अंक जोडेर १५ औं स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ३७ खेलमा ९० अंक रहेको छ ।