भलिबल खेलाडी उषा र कामना माल्दिभ्सको लिग खेल्न त्यसतर्फ प्रस्थान
काठमाडौं । राष्ट्रिय महिला र नेपाल पुलिस क्लवका दुई भलिबल खेलाडी उषा भण्डारी र कामना बिष्टले माल्दिभसको लिग खेल्ने भएका छन् । माल्दिभ्सको लिग खेल्न उषा र कामना त्यसतर्फ प्रस्थान गरिसक्नु भएको छ ।
माल्दिभ्सको राष्ट्रिय लिग माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ खेल्न उषा र कामना त्यसतर्फ प्रस्थान गर्नु भएको हो । उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ उन्तर्गत कामनाले माल्दिभ्स पुलिस सर्भिसबाट खेल्नु हुनेछ भने उषा माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट फिटर हुनु हुनेछ । माल्दिभ्स लिग यही मे १९ देखि मे ३१ सम्म चल्नेछ ।
दुई सातासम्म चल्ने लिगका लागि दुबै नेपाली खेलाडीले जनही ८ सय अमेरिकी डलर प्राप्त गर्ने छन् यसवाहेक प्रदर्शनका आधारमा थप बोनस पनि पाउन सक्ने बताइएको छ ।