आईपीएल प्लेअफः अन्तिम एक स्थानका लागि पाँच टिमको टक्कर
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लिग चरणका अन्तिम ५ खेल बाँकी छन् । तर, अहिलेसम्म प्लेअफमा पुग्ने अन्तिम चार टोलीहरु को–को हुन् पूर्णरुपमा स्पष्ट हुन सकेको छैन । गुजरात १३ मध्ये १० खेल जितेर २० अंकसहित पहिलो स्थानमा छ र आधिकारिक रूपमा अन्तिम चार छनोट भएको छ ।
राजस्थान र लखनउको टोली १६–१६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । यी दुईलाई शीर्ष २ मा पर्नका लागि आफ्नो अन्तिम खेल जित्न आवश्यक छ । लिगको अन्तिम खेलमा दुवै टोलीले जित हासिल गरेमा रन रेटका आधारमा दोस्रो नम्बरको टोलीको टुंगो लाग्नेछ ।
दिल्ली र बैंगलोरको टोलीले आफ्नो अन्तिम लिग खेल जितेर १६ अंक जोड्न सक्छन् । प्लेअफ दौडमा रहेका बाँकी टोलीले आफ्नो अन्तिम लिग खेल जिते १४ अंक जोड्न सक्नेछन् । समग्रमा कुरा के हो भने मुम्बई र चेन्नई बाहेक अन्य सबै टिम प्लेअफको दौडमा छन् । यस लेखमा हामी तपाईलाई अंक तालिकाको पूर्ण गणित व्याख्या गर्ने प्रयास गर्ने छौ ।
दिल्लीसँग शीर्ष ४ टोलीमा पुग्ने उत्कृष्ट मौका
दिल्ली क्यापिटल्सले १३ खेल खेलेको छ । १४ अंक जोडेको दिल्लीको नेट रन रेट ०.२५५ रहेको छ । दिल्लीले आफ्नो अन्तिम खेल मुम्बई इन्डियन्ससँग खेल्ने छ । मुम्बईलाई दिल्लीले प्रतियोगिताको पहिलो खेलमा पराजित गरेको थियो ।
दिल्लीको परिप्रेक्ष्यमा, समीकरण सरल छ । शनिबार मुम्बई इन्डियन्सविरुद्धको अन्तिम खेल जितेमा ऊ प्लेअफमा प्रवेशगर्ने छ । आफ्नो अन्तिम लिग खेल हारे पनि दिल्लीलाई अझै पनि छनोटको राम्रो मौका छ । यदि रोयल च्यालेन्जर्स बैंग्लोर गुजरात टाइटन्ससँग हारे भने दिल्लीका लागि प्लेअफ प्रवेश गर्ने राम्रो अवसर हुनेछ । यद्यपि, नेट रन रेटको कुरा गर्दा दिल्ली अझै सुरक्षित छैन । मानौं दिल्लीले आफ्नो अन्तिम खेल ३० रनले हारे (१७१ रनको लक्ष्य पछ्याउँदै), उसको नेट रन रेट ०.१२३ मा झर्नेछ । हाल कोलकाता नाइट राइडर्सको ०.१६० को रन रेट छ, त्यसैले अन्तिम खेलमा कुनै पनि अन्तरले जित्दा ०.१२३ माथि हुनेछ । दिल्ली १५ रनले हार्यो भने उसको नेट रन रेट ०.१७९ हुनेछ ।
तर, कोलकाताले दिल्लीको खेलअघि अन्तिम खेल खेल्नेछ । यस्तो अवस्थामा कोलकाताको खेलपछि दिल्लीको टोलीले प्लेअफमा पुग्नको लागि आवश्यक समीकरण थाहा पाउनेछ । यदि कोलकाताले जित्यो भने, शीर्ष चार दौडमा रहन दिल्लीले जित्न नुकेपनि थोरै अन्तरले हार्नु पर्नेछ ।
पञ्जाबलाई प्लेअफमा पुग्नका लागि ठूलो जित आवश्यक छ
पञ्जाब किंग्सले १३ खेल खेलेको छ भने ६ खेल जितेको छ । उनको १२ अंक छ र नेट रन रेट –०.०४३ छ । पञ्जाबले सिजनको अन्तिम खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ । दिल्लीबाट पराजयपछि पञ्जाबको अवस्था गम्भीर बनेको छ । उनीहरूको नेट रन रेट नकारात्मक भएको छ र हैदरावादविरुद्धको आफ्नो अन्तिम खेलमा १७० रन बनाएपछि पनि ४० रनको जीतले उसको नेट रन रेट ०.११२ मा झर्नेछ ।
तर, पछिल्ला केही खेलमा टोलीले ठूलो अन्तरले जितेको देखिएको छ । यस्तो अवस्थामा पञ्जाबको टोलीले केहीँ चमत्कार गर्न सक्छ । साथै पञ्जाबले लिग चरणको अन्तिम खेल खेल्ने भएकाले उस्लाई रणनीति बनाउन थप सहज हुने देखिन्छ । तर बैंगलुरु वा दिल्लीले आफ्नो अन्तिम लिग खेल जित्यो भने, उनीहरुको १६ अंक हुनेछ र पञ्जाब किंग्स प्लेअफमा पुग्न सक्ने छैनन् ।
यदि बैंग्लोरले हार्यो भने १४ अंक भए पनि प्लेअफमा पुग्न निकै कठिन हुनेछ
रोयल च्यालेन्जर्स बैंगलोरले १३ मध्ये ७ खेल जितेको छ र नेट रन रेट –०.३२३ छ । आरसीबीको यो नकारात्मक रन रेट उनका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । यदि बैंग्लोरको टोली प्लेअफको दौडमा रहन चाहन्छ भने दिल्लीले आफ्नो अन्तिम खेल हार्नु पर्नेछ ।
बैंगलोरले २०० रन बनाएर आफ्नो अन्तिम खेल १०० रनले जित्यो भने पनि उसको रन रेट मा ०.०७१ मात्र सुधार हुनेछ । जसकनरणले गर्दा बैंगलोरले कुनै पनि अन्तरले जिते पनि दिल्ली उनीहरूभन्दा अगाडि हुनेछ । साथै, यदि यी दुबै टोली हारे र १४ अंकमै रहे भने, बैंगलोर छनोट हुन दिल्लीले ठूलो अन्तरले हार्नु पर्नेछ ।
अर्को शब्दमा भन्नुपर्दा बैंगलोरले तालिकाको शीर्ष स्थानमा रहेको गुजरातविरुद्ध आफ्नो अन्तिम खेल हर हालतमा जित्नुपर्नेछ । साथै दिल्ली मुम्बईविरुद्ध हार्नु पर्ने छ ।
दिल्ली र बैंगलोरको हारमा टिकेको छ कोलकाताको आशा
कोलकातासँग अझै छनोट हुने मौका छ । यदि कोलकाताले आफ्नो अन्तिम खेल जित्यो भने उसले दिल्ली र बेंगलुरुको हारको लागि प्रार्थना गर्नुपर्नेछ । केकेआरको नेट रन रेट हाल ०.१६० छ र उसले सुधार गर्न सक्छ । आफ्नो अन्तिम लिग खेलमा कोलकाताले लखनउसंग खेल्नेछ । लक्ष्य पछ्याउँदै लखनउले सिजनमा २ खेल मात्र जितेको छ । पछिल्ला ४ खेलमा लखनउले लक्ष्य पछ्याउने क्रममा हार बेहोरेको छ । यस्तो अवस्थामा केकेआरले पहिले बलिङ गर्छ भने उनको जितको सम्भावना बढ्छ ।
हैदरावादले मुम्बईलाई ३ रनले पराजित गर्दै प्लेअफको आशा जीवित राखेको छ । तर, अन्तिम लिग खेलमा पञ्जाबमाथि जित दर्ता गरेर १४ अंक पुर्याए पनि रनरेटका हिसाबले पछाडी पर्न सक्छ ।