प्रदूषणका कारण एक बर्षमा ९० लाख मानिसको मृत्यु
सन् २०१९ मा विश्वभर ९० लाख मानिसको मृत्यु प्रदूषणका कारण भएको एक अध्ययनले दावी गरेको छ । यस अध्ययनले प्रतेक ६ जनामा एक जनाको निधन प्रदूषणकै कारण हुने खुलासा गरेको छ ।
द ल्यान्सेट कमिसनको यो प्रतिवेदनका अनुसार प्रदूषणका कारण मृत्यु हुनेहरु मध्ये ६६ लाख ७० हजारको मृत्यु घरेलु तथा वायुमण्डलीय वायु प्रदूषणका कारण हुने गरेको छ । यस्तै जल प्रदूषणका कारण १३.६ लाखको मृत्यु भएको देखिएको छ भने ९ लाखको मृत्युको कारण सिसा (लेड) भएको बताइएको छ । यस्तै पेशासँग सम्बन्धित प्रदूषणका कारण ८.७ लाखको मृत्यु तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २००० मा रासायनिक प्रदुषणका कारण ९० हजारको ज्यान गएकोमा सन् २०१५ मा यो संख्या बढेर १७ लाख पुगेको छ । सन् २०१९रासायनिक प्रदुषणका कारण १८ लाखको मृत्युको भएको छ । प्रतिवेदनका प्रमुख लेखक रिचर्ड फुलर भन्नु हुन्छ, “स्वास्थ्यमा प्रदूषणको असरलाई सम्बोधन गर्ने विश्वव्यापी प्रयासहरू सफल हुन सकेको देखिँदैन । प्रदूषण मानवको मात्र नभई सबै जिवित प्राणी र बनस्पतीको मृत्युको कारण बन्दैछ ।“
५६९.२८लाख करोड घाटा, गरीब देशहरूमा बढी प्रभाव
प्रदूषणका कारण स्न २०१९ मा भएको मानविय क्षतीले करिब ५६९.२८ लाख करोड नेपाली रुपयाँ बराबरको नोक्सान भएको अध्ययनले देखाएको छ । यो विश्वव्यापी आर्थिक उत्पादनको ६.२ प्रतिशत बराबरको रकम हो । न्यून र मध्यम आय भएका देशहरूले प्रदूषणका कारण हुने मृत्यु र आर्थिक नोक्सानीको ९२% नोक्सान बेहोरिरहेको अध्ययनले बताएको छ ।