क्यानको आफ्नै फ्रेन्चाईज लिग नेपाल टी–२० लिग असोजमा
काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ ( सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पत्रकार सम्मेलना गर्दै क्यानद्वारा आयोजना गरिने फ्रेन्चाईज लिगको मिति घोषणा गरेको छ ।
पहिलो सीजन ६ वटा टोलीको सहभागिता रहने प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । साथै प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुने क्यनले जनाएको छ । प्रतियोगितामा ६ शहरको नाममा फ्रेन्चाइज टोलीको नाममा रहने क्यानले जनाएको छ ।
भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टी–२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको बेचि सकेको छ ।
‘दुई वर्षको प्रयासपछि प्रतियोगिताको मिति घोषणा गर्न सफल भएको भन्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यस लिगलेनेपालको क्रिकेट विकासमात्र होईन, आर्थिक, ब्यवसाहिक विकास र पर्यटकीय हिसाबले पनि ठुलो महत्व राख्ने बताउनु भयो ।

