नेपाल टी–२० लिगमा ’ए’ श्रेणीका खेलाडीले कम्तिमा १५ लाख रुपैयाँ पाउँने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी–२० लिगमा ’ए’ श्रेणीका खेलाडीले कम्तिमा १५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । क्यानले बुधबार पहिलो संस्करणको नेपाल टी–२० लिगको औपचारिक घोषणा गर्दै खेलाडीले पाउने रकमबारे जानकारी गराएको हो ।
क्यान स्रोतका अनुसार प्रतियोगितामा ’ए’ श्रेणीका पर्ने खेलाडीहरुले १५ लाख रुपयाँ पाउने जनाएको छ । यस्तै ’बी’ श्रेणीका खेलाडीले कम्तिमा १० लाख र ’सी’ श्रेणीका खेलाडीले कम्तिमा ५ लाख पाउने छन् ।
नेपाल टी–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ ( सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने छ ।
पहिलो सीजन ६ वटा टोलीको सहभागिता रहने प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । साथै प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुने क्यनले जनाएको छ । प्रतियोगितामा ६ शहरको नाममा फ्रेन्चाइज टोलीको नाममा रहने क्यानले जनाएको छ ।
भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टी–२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको बेचि सकेको छ ।