किशोर, सुनिल र आदिललाई समेट्दै अमेरिका भ्रमण गर्ने नेपाली टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी विश्वकप लिग–२ अन्तर्गतको अमेरिकामा खेलिने त्रिकोणात्मक अवे सिरिजका लागि १५ सदस्य क्रिकेट टोली घोषणा गरेको छ । नेपालले यसै महिलनाको अन्यतिर अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दै छ ।
किशोर महतो, सुनिल धमला र आदिल अन्सारी पहिलो पटक एकदिवसीय टिममा सामेल हुनु भएको छ ।
लिग–२ अन्तर्गत अमेरिका भ्रमणका क्रममा नेपालले पहिलो खेल जेठ २६ ओमानसँग खेल्नेछ । दोस्रो खेलमा जेठ २८ अमेरिकाविरुद्ध खेल्दाँ आफ्नो तेस्रो खेल जेठ ३१ ओमानसंग र अन्तिम खेल घरेलु टोली अमेरिकाविरुद्ध असार १ खेल्नेछ ।
आईसीसी लिग–२ को अंकतालिकाको शिर्ष स्थानमा ओमान छ । ओमानले ३२ खेलमा १९ सहित ४० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको स्कर्टल्यान्डको १६खेलबाट २४ अंक छ । अमेरिकाले १६ खेलमा १४ अंक जोडेको छ र ऊ पाँचौं स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको नेपाल फुछारबाट दोस्रो स्थानमा छ । नेपाल भन्दा तल पपुवान्युगिनी रहेको छ ।
७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले सिधैं २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ । विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।