सिरिज जोगाउन नेपाललाई जित्नै पर्ने दवाव
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो टी–२० आई खेलमा बिहिबार आज युगान्डासँग खेल्दैछ । टियु क्रिकेट मैदानमा खेलिने दुई देश बिचको खेल दिउँसो १ बजे देखि सुरु हुने छ ।
पाँच खेलको सिरिज अन्तर्गत सुरुवाती दुई खेल गुमाएको घरेलु टोली नेपालले सिरिज जित्न आजको खेल आफ्नो पक्षमा पार्नु आवस्यक छ । युगान्डाले नेपाललाई पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटले पराजित गर्दै सिरिजमा २–० को अग्रता बनाई सकेको छ ।
युगान्डा तेस्रो जितका साथ सिरिज दुई खेल अगावै जित्न चाहन्छ । भने नेपाल घरेलु सिरिज जोगाउने योजनामा हुनेछ ।
नेपालको महिला क्रिकेट टोलीले पलिलो पटक घरेलु मैदानमा द्धिपक्षिय सिरिज खेल्दै छ । युगान्डा पनि टी–२० आई मान्यता प्राप्त राष्ट्र भएकाले यस खेललाई आईसीसीले समेत मान्यता दिएको छ । साथै यस सिरिजले दुबै देशको टी–२० आई विश्व वरियतामा समेत प्रभााव पार्ने छ । विश्व वरीयतामा हाल नेपाल १६ औं स्थानमा तथा युगान्डा १९ औं स्थानमा रहेका छन् ।
सिरिजको चौथो खेल बिहीबार ६ गते र अन्तिम खेल शुक्रबार ७ गते हुनेछ ।
नेपाली टोली
रुबिना क्षेत्री, सीता राणा मगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अश्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरण्मयी रोय र बिन्दु रावल ।