नेपालद्वारा युगान्डासामू १ सय रनको सामान्य लक्ष्य
काठमाडौं । तेस्रो टी–२० आई खेलमा नेपाली महिला टोलीले युगान्डासामू १ सय रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराव प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिनु भयो । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्दा सिता राना मगर १२ रन जोड्नु भयो । यस बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंक मा रन बनाउन सक्नु भएन ।
युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २–२ विकेट दिनु भयो । सिरिज अन्तर्गतका सुरुवाती दुई खेल गुमाई सकेको घरेलु टोली नेपाललाई सिरिज जोगाउन आजको खेल जित्नै पर्ने दवाव छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो । भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।