नेपालको खराव प्रदर्शन, दुई खेल अगावै युगान्डालाई सिरिज
काठमाडौं । दुई खेल अगावै युगान्डा महिला टोलीलले नेपालविरुद्धको पाँच खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारेको छ ।
बिहिबार टियु क्रिकेट मैदानमा सम्पन्न तेस्रो टी–२० आई खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै भ्रमण टोली युगान्डाले सिरिज जितेको हो । यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ ।
नेपालले दिएको १ सय रनको समान्य लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
युगान्डाको जितमा केभिन विनोले अविजित रहदै ४२ रनको योगदान दिदाँ जेनेट बाबाजीले २७ रन जोड्नु भयो ।
नेपालकी कविता कुँवरले २ विकेट तथा कप्तान रुबिना क्षेत्री र इन्दु वर्माले १–१ विकेट लिएपनि सिरिज जोगाउन सक्नु भएन ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोड्नु भएको थियो । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्दाँ सिता राना मगर १२ रनको योगदान दिनु भयो यस बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सक्नु भएन ।
युगान्डाको बलिङमा फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २–२ विकेट हात पार्नु भयो ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग भोलि शुक्रबार चौंथो र शनिबार अन्तिम टी–२० आई खेल्नेछ ।