रोहित राष्ट्रिय टोलीको उपकप्तान नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहितकुमार पौडेललाई आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा नियुक्त गरेको छ ।
क्यानले बिहिबार १९ बर्षिय रोहितलाई राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी दिएको हो । नेपालले यसै महिनाको अन्तिममा अमेरिकामा अमेरिका र ओमानसंग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । त्यसपछि जुलाईमा स्कटल्यान्डमा स्कटल्यान्ड र नामिबियासंग लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । क्यानले रोहीतलाई यी दुबै भ्रमण सिरिजका लागि उपकप्तानको जिम्मेवारी दिएको हो ।
क्यानले गत मंसिरमा ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएपछि सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो भने उपकप्तानको जिम्मेवारी कसैलाई सुम्पिएको थिएन । सोही रिक्त जिम्मेवारीलाई पुर्ती गार्दै रोहित उपकप्तान नियुक्त हुनु भएको हो ।
पछिल्लो समय निरन्तर रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मध्यक्रम समहाल्दै लगातार सानदार प्रदर्शन गर्दै आउनु भएका दायाँ हाते ब्याटर रोहितले नेपाली यू–१९ टोलीको कप्तानी समेत गरिसक्नु भएको छ । यस्तै इपिएलमा रोहितले भैरहवा ग्ल्याडियटर्सको उपकप्तानी समेत गर्नु भएको छ ।
रोहितले २०१८ मा नामिबियाविरुद्ध लिष्ट ए मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नु भएको थियो । रोहीतले हाल सम्म नेपालका लागि १७ एकदिवसीय, १६ टि २० आई र ३२ लिष्ट ए खेल्नु भएको छ । एकदिवसीयमा रोहितले १ शतक र चार अर्धशतक सहित कुल ६ सय २३ रन बनाउनु भएको छ । रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर सकेट हुनु हुन्छ ।
रोहितले गत चैत ११ गते पपुवा न्युगिनीविरुद्ध पहिलो एकदिवसीय खेलमा १ सय २६ रनको कीर्तिमानी शतक प्रहार गर्नु भएको थियो । जुन कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपालबाट एक ब्याटरले एक इनिङमा प्रहार गरेको सर्वाधिक रन हो । सोही खेलमा रोहित र आरिफ शेखले पाँचौं विकेटका लागि १ सय ४ रनको शतकिय साझेदारी गर्नु भएको थियो । जुन एकदिवसीय क्रिकेटमा नेपालले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक दोस्रो ठुलो साझेदारी थियो ।
२०७५ माघ १२ शहिद अफ्रिदीले बनाएको रेकर्ड तोड्दै रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बन्नु भएको थियो ।
युएईसंगको सिरिज अन्तर्गत दोश्रो खेलमा साातौँ नम्बरमा ब्याटिंग गर्ने क्रममा रोहितले ५५ रन बनाउनु भएको थियो । सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै अर्धशतक प्रहार गर्नु गर्नु भएको थियो । त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो । युएईविरुद्ध अर्धशतक प्रहार गरेको दिन रोहित को उमेर १६ वर्ष १४६ दिन रहेको थियो । अफ्रिदीको नाममा रहेको यो कीर्तिमान २३ बर्ष पछि रोहितले तोड्नु भएको थियो ।
तर, २०७६ माघ २५ गते नेपाली युवा अलराउन्डर कुशल मल्लले रोहतको किर्तिमान तोड्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कम उमेरका खेलाडी बन्नु भएको थियो । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसीय डेब्यु गर्नु भएका मल्लले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै यो कीर्तिमान आफ्नो नाममा गर्नु भएको थियो ।