भिजेको पिच र आउटफिल्डका कारण नेपाल र युगान्डाबिचको खेल ढिला गरी सुरु हुने
काठमाडौं । शुक्रबार बिहानै परेको बर्षाका कारण नेपाली महिला टोली र युगान्डा महिला टोली बिचको चौंथौं टी–२० आई खेल ढिला गरी सुरु हुने भएको छ ।
बर्षाका कारण भिजेको पिच र आउटफिल्डका कारण दिउँसो १ बजेबाट सुरु हुने भनिएको खेल आधा घण्टा पछि धेकिएको हो । अव खेल १ः३० बजेदेखि सुरु हुने नेपाल क्रिकेट सघं क्यानले जनाएको छ । बर्षाका कारण चौंथौं टी–२० आई खेलको टस पनि निर्धारित समयमा हुन ुकेको छ ।
यस अघिका ३ वटै खेल जितेको अगावै युगान्डाले दुई खेल अगावै युगान्डाले पाँच खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारिसेको छ ।
तेस्रो टी–२० आई खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै भ्रमण टोली युगान्डाले सिरिज जितिसकेको छ भने ५ खेलको सिरिजमा ३–० को अग्रता पनि बनाएको छ ।
दुई देश बिचको अन्तिम खेल शनिबार अन्तिम टी–२० आई खेल्नेछ ।