नेपाल ब्याटिङ गर्दै, हिरान्मायको डेब्यू
काठमाडौं । युगान्डासँगको चौथो टी–२० आई खेलमा नेपाली महिला क्रिकेट टोलीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्नु भएको हो ।
युवा लेगस्पिनर हिरान्माय रोयले यस खेलबाट टी–२० आईमा डेब्यू गर्नु भएको छ । यू–१९ टोलीको बन्द प्रशिक्षणमा रहनु भएको हिरान्मायले सिधैं सिनियर टोलीमा स्थान बनाउनु भएको हो । घरेलु क्रिकेटमा उहाँले प्रदेश १ बाट खेल्नु हुन्छ । उहाँ नेपालबाट महिला टि–२० आईमा डेब्यू गर्ने २४ औं खेलाडी बन्नु भउको छ ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । सबनम राई, संगीता राई र रोमा थापालाई बेन्चमा राखेको छ । भने हरान्मायेसँगै अप्सरी बेगम र अस्मिना कर्माचार्यलाई आजको खेलमा मैदान उतारेको छ ।
नेपालले सुरुवाती तीन खेल गुमाउँदै सिरिज हारी सकेको छ । नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्र हुनेछ । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।
नेपालको अन्तिम ११ः
रुविना क्षेत्री(कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, हिरान्माये रोय, सरिता मगर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, विन्दु रावल
