एन्फा अध्यक्षका लागि उम्मेदवारी दिने पंकज नेम्बाङको घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि हालका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । ललितपुरको होटेल हिमालयनमा गरिएको कार्यक्रममा नेम्बाङको टिमले आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो ।
उहाँले झापा जिल्ला फुटबल संघको प्रतिनिधित्व गरेर केन्द्रिय निर्वाचनमा उठ्ने घोषणा गर्नु भएको हो । उहाँले जिल्लाका प्रतिनिधी र सिनियरहरुको आर्शिवादका साथ उम्मेदवारी दिएको बताउनु भयो । यस्तै बरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष बीरबहादुर खड्काले उम्मेदवारी घोषणा गर्नु भउको छ ।
एन्फको केन्द्रिय निर्वाचन असार ६ गते हुनेछ । एन्फाको निर्वाचनका लागि आज शुक्रबारबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भउको हो ।
यस अघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा नेतृत्वका लागि निर्वाचित हुनु भउको थियो ।