नेपालद्वारा युगान्डासामू ९८ रनको लक्ष्य
काठमाडौं । नेपालले चौंथो महिला टी–२० आईमा युगान्डालाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार पारेको हो ।
भिजेको आउटफिल्ड र पिचका कारण ढिला सुरु भएको खेल १८ ओभरमा घटाईएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रनको योगदान दिनु भयो । सिता राना मगर ११ रनमा आउट हुनु भयो । यस बाहेक नेपालका अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सक्नु भएन ।
युगान्डाका लागि कोन्सी अवेकोले ३ विकेट लिनु भयो । यस्तै सराह एकिटेङको नाममा २ विकेट रह्यो ।
सुरुवाती २ खेलमा हार बेहोरिसकेको नेपाल आजको खेल जित्दै क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ । पाँच खेलको सिरिज युगान्डाले ३–० ले जितिसकेको छ ।