असन्तुष्ट खेलाडीहरुलाई टिम बाहिर राख्दै एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा
काठमाडौं । असन्तुष्ट खेलाडीहरुलाई टिम बाहिर राख्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गर्नु भएको छ ।
अलमुताईरीले राष्ट्रिय टोलीका नियमित कप्तान किरण चेम्जोङसहित असन्तुष्ट खेलाडीहरु रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडीलाई टिम बाहिर राख्दै २३ सदस्य टोली घोषणा गर्नु भएको हो ।
एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।
नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ त्यसपछि जुन १४ मा इन्डोनेसियासँग हुनेछ ।
टोलीः
गोलकिपरः दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा
डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मिडफिल्डरः आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज जेउ ठकुरी
फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ