युगान्डाविरुद्ध सिरिज हारिसकेको नेपालको पहिलो जित
काठमाडौं । युगान्डाविरुद्धको चौंथौं टी–२० आई खेलमा नेपाली महिला टोलीलले जित हात पारेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
चौंथौं जिते पनि पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ र सिरिज गुमाई सकेको छ ।
नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
युगान्डाका लागि जनेट बाबाजीले सर्वाधिक २१ रन जोड्नु भयो । यस्तै रिता न्यान्गेन्डो र इभ्लिन एनिपोले समान १६–१६ रन योगदान दिदाँ केभिन विनोले ११ रन बनाउनु भयो ।
नेपालको जितमा यसै खेलबाट डेब्यू गर्नु भएकी हिरन्मायी रोयले दुई विकेट लिनु भयो । यस्तै अश्मिना कर्माचार्य र रुबिना क्षेत्रीले एक एक विकेट हात पार्नु भयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा सबै विकेट गुमाउदै हुँदै ९७ रनको योगफल तयार पारेको थियो ।
मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन जोड्दा बिन्दु रावलले १६ रन र सिता राना मगर ११ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सक्नु भएन ।
युगान्डाकी कोन्सी अवेकोले ३ विकेट हातपार्दा सराह एकिटेङले २ विकेट लिनु भयो ।
यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । दुई देश बिचको पाँचौ तथा अन्तिम टी–२० आई शनिबार खेल्नेछ ।