नेपाललाई ब्याटिङको निम्तो, टिममा एक परिवर्तन
काठमाडौं । युगान्डासँगको पाँचौं तथा अन्तिम टी–२० आई खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ । टियु क्रिकेट मैदानमा युगान्डाकी कप्तानी कोन्सी एविकोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे पछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले टोलीमा आज एकपरिवर्तन गरेको छ । सरिता मगरको स्थानमा कविता जोशीलाई मौका दिएको छ । ३–१ ले सिरिज गुमाई सकेको नेपाल आजको खेल जित्दै ३–२ को नतिजा सहित सम्मान जनक हार सहित सिरिज समाप्त गर्ने योजनामा हुने छ । अर्का तर्फ भ्रमण टोली ४–१ नतिजा सहित भ्रमण सिरिज सफल पार्ने रणनीतिमा हुनेछ ।
नेपालले पहिलो खेलमा १२ रनको, दोस्रो खेलमा १ विकेटको, तेस्रो खेलमा ६ विकेटको हार व्यहोरेको थियो । भने चौंथो खेल १५ रनले आफ्नो पक्षमा पारेको थियो ।
नेपालको महिला क्रिकेट टोलीले पलिलो पटक घरेलु मैदानमा द्धिपक्षिय सिरिज खेलेको हो । युगान्डा पनि टी–२० आई मान्यता प्राप्त राष्ट्र भएकाले यस खेललाई आईसीसीले समेत मान्यता दिएको छ । साथै यस सिरिजले दुबै देशको टी–२० आई विश्व वरियतामा समेत प्रभााव पार्ने छ । विश्व वरीयतामा हाल नेपाल १६ औं स्थानमा तथा युगान्डा १९ औं स्थानमा रहेका छन्
नेपालको अन्तिम ११
रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, हिरान्माये रोय, कविता जोशी, अप्सरी बेगम, अस्मिना कर्माचार्य, विन्दु रावल