अन्तिम खेलमा युगान्डालाई मध्यम लक्ष्य
काठमाडौं ।ज्योति पाण्डेको ४९ रनको ईनिङको मद्दतमा नेपाली महिला क्रिकेट टिमले युगान्डालाई १ सय २४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
शनिवार टीयू क्रिकेट मैदानमा जारी पाँचौ तथा अन्तिम टी–२० आई खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रनको योगदान दिदाँ कविता जोशी १८ रनमा अविजित रहनु भयो । यस्तै सिताराना मगरले १७ रन, र अपसरी बेगमले ११ रनको योगदान दिनु भयो ।
युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक–एक विकेट लिनु भयो । नेपालले ४ विकेट रन आउटको रुपमा गुमाउन पुग्यो ।
३–१ ले सिरिज गुमाई सकेको नेपाल आजको खेल जित्दै ३–२ को नतिजा सहित सम्मान जनक हार सहित सिरिज समाप्त गर्ने योजनामा हुने छ । अर्का तर्फ भ्रमण टोली ४–१ नतिजा सहित भ्रमण सिरिज सफल पार्ने रणनीतिमा हुनेछ ।
नेपालले पहिलो खेलमा १२ रनको, दोस्रो खेलमा १ विकेटको, तेस्रो खेलमा ६ विकेटको हार व्यहोरेको थियो । भने चौंथो खेल १५ रनले आफ्नो पक्षमा पारेको थियो ।
नेपालको महिला क्रिकेट टोलीले पलिलो पटक घरेलु मैदानमा द्धिपक्षिय सिरिज खेलेको हो । युगान्डा पनि टी–२० आई मान्यता प्राप्त राष्ट्र भएकाले यस खेललाई आईसीसीले समेत मान्यता दिएको छ । साथै यस सिरिजले दुबै देशको टी–२० आई विश्व वरियतामा समेत प्रभााव पार्ने छ । विश्व वरीयतामा हाल नेपाल १६ औं स्थानमा तथा युगान्डा १९ औं स्थानमा रहेका छन् ।