दीपक चाहर विवाह गर्दै
भारतीय क्रिकेट टिमका स्टार बलर दीपक चाहर छिट्टै विवाह बन्धनमा बाँधिदै हुनु हुन्छ । भारतिय मिडियाहरुका अनुसार चाहर र उहाँकी प्रेमिका जया भारद्वाज जून १ मा विवाह बन्धनमा बाँधिदै हुनु हुन्छ ।
चाहर र जया भारद्वाजले आगराको जेपी होटलमा मे ३१ बाट विवाह संस्कार सुरु हुने बताईएको छ ।
गत वर्ष दुबईमा भएको आईपीएलमा दिपकले प्रेमिका जयालाई औंठी लगाई दिएर विवहाको प्रस्ताव गर्नु भएको थियो । दीपककी बहिनी मालतीले जयालाई दिपकसंग भेट्न लगाएको भारतिय मिडियाहरुले जनाएका छन् ।
यसपटक आइपिएलमा चेन्नई सुपर किंग्सले दिपकलाई १४ करोड भारतिय रुपयाँमा किनेको थियो । तर, चोटका कारण उहाँले आईपीएलको जारी संस्करण गुमाउनु भएको थियो । फेब्रुअरीमा वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजका क्रममा २९ वर्षीय दिपक घाइते हुनु भएको थियो ।