सस्तो मूल्यमा लग्जरी घडी किन्ने चक्करमा ऋषभ पन्तलाई १ करोड ६३ लाख भारु चुना
सस्तो मूल्यमा लग्जरी घडी किन्ने चक्करमा भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई १ करोड ६३ लाख भारतिय रुपैयाँ चुना लागेको छ । पन्तलाई हरियाणाका पूर्व क्रिकेटर मृणाक सिंहले धोका दिदै १ करोड ६३ लाख भारतिय रुपैयाँ चुना लगाएका हुन् ।
यस अघि पनि व्यापारीसँग ६ लाख भारतिय रुपैयाँ ठगी गरेको आरोपमा मृनाक मुम्बईको आर्थर रोड जेलमा थुन्निसक्नु भएको छ ।
रिपोर्टका अनुसार मृणाक सिंहले ऋषभ पन्तलाई करोडौंको महँगोे घडी सस्तोमा दिने प्रलोभनमा फँसाएका थिए । ऋषभले फ्रान्क मुलर भ्यानगार्ड सिरिजको क्रेजी कलर वाच ३६ लाख २५ हजार भारतिय रुपैयाँमा र रिचर्ड मिले वाच ६२ लाख ६० हजार भारतिय रुपैयाँमा किन्न चहाँनु भएको थियो । यसका लागि पन्तले मृणाकलाई अग्रिम भुक्तानी समेत गर्नु भएको थियो । यस मामिलामा ऋषभ पन्तसँगै उहाँका म्यानेजर पुनीत सोलंकीले पनि मृणाकविरुद्ध ठगीको मुद्दा दायर गर्नु भएको छ । रिपोर्टका अनुसार मृणाकले बाउन्स चेकमार्फत ठगी गरेका हुन् ।
ऋषभ पन्तको उजुरी अनुसार, मृणाक सिंहले सन् २०२१ को जनवरीमा सस्तो मूल्यमा महँगो लग्जरी घडी उपलब्ध गराइदिने भनी ठगी गरेका थिए । मृणाकले पन्तलाई लग्जरी घडी, झोला र गरगहना किनबेचको व्यवसाय सुरु गरेको भन्दै विश्वासमा लिएर आफूबाट सामान किन्न भनेका थिए । साथै मृणाकले अन्य क्रिकेटरको पनि आफुबाट सामान किन्ने गरेको उल्लेख गरेका थिए ।
मृणाकले यसअघि पनि धोका दिएका थिए
हरियाणाका पूर्व क्रिकेटर मृणाकले यसअघि पनि ठगी गरेका थिए । यस महिनाको सुरुमा, उनी एक व्यापारीलाई ६ लाख भारतिय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनीमाथि फिल्म निर्देशक र कैयौं होटललाई ठगी गरेको आरोप पनि लागेको छ ।