हिटम्यान सो फ्लप हुनुका पाँच कारण
भारतिय कप्तान रोहित शर्मा वर्तमान क्रिकेट युगको सबैभन्दा प्रतिभाशाली खेलाडी मध्ये एक मानिनु हुन्छ । लिजेण्डरी खेलाडी एडम गिलक्रिस्टले सन् २००९ मा भएको आईपीएलको दोस्रो सिजनमा हिटम्यान आगामी दिनमा सबैभन्दा प्रतिभाशाली खेलाडी मध्ये हुने बताउनु भएको थियो ।
भारतीय टोलीको कमाण्ड सम्हालेपछि रोहितले आफ्नो प्रदर्शनबाट मुम्बईलाई छैटौं पटक आईपीएलको उपाधि जिताउने अपेक्षा गरिएको थियो । तर, यसको ठिक विपरित रोहितले आईपीएल २०२२ मा १४ खेलमा १९ को औसतमा २ सय ६८ रन मात्र बनाउन सक्नु भयो । यस क्रममा उहाँको स्ट्राइक रेट १ सय २० को थियो । मुम्बई इन्डियन्सको कमजोर ब्याटिङ लाइनअपमा रोहित बलियो कडी बन्न सक्नु भएन ।
इतिहासमा पहिलो पटक रोहितले आईपीएलको एक सिजनमा एक पनि अर्धशतक प्रहार गर्न सक्नु भएन । यस सिजन रोहितको खराब फर्मसँग सम्बन्धित पाँच कारणहरू बुझ्ने प्रयास गरौं ।
१. कमजोर फुटवोर्कले रोहितको खेललाई असर गर्यो
रोहितको हेड आई कनेक्सनलाई सधैं उत्कृष्ट मानिन्छ । यससँगै उहाको सानदार फुटवोर्क उहाँको ब्याटिङको विशेषता हो । तर आईपीएल २०२२ मा रोहितको खुट्टा कत्ति पनि चलेन । रोहितले यस सिजन बल पिच हुने ठाउँमा जानुको सट्टा स्ट्यान्डिङ शट लगाउने प्रयास गरेको देखियो । नतिजाको रूपमा रोहितले लगातार फुटवोर्कको अभावमा विकेट गुमाउदै जानु भयो ।
रोहितका बाल्यकालका प्रशिक्षक दिनेश लाल पनि यसमा सहमत हुनु हुन्छ । आईपीएल १५ मा ब्याटिङका क्रममा हिटम्यानको खुट्टा नचलेको उहाँले बताउनु भयो । तर, दिनेशले रोहित शर्मा छिट्टै फर्ममा फर्कने अपेक्षा गर्नु भएको छ ।
२. सफलता दोहोर्याउने दबाब रोहितको प्रदर्शनमा देखियो
आईपीएलमा अहिलेसम्म कुनै पनि कप्तानले पाँच उपाधि जितेका छैनन् । यो सफलता दोहोर्याउने दबाब रोहितमा प्रष्ट देखिन्थ्यो । पछिल्लो सिजनको असफलतापछि उहाँ हरेक खेलमा केही फरक गर्ने प्रयासमा देखिनु भयो । ओपनिङ गर्दा समस्या भएको भए रोहितले केही खेल मध्यक्रममा पनि खेल्न सक्नु हुन्यो ।
ओपनिङ ओभरको सिम र स्विङको सामना गर्नुको सट्टा रोहितले पिच फ्ल्याट भएपछि ब्याटिङमा निस्केको भए राम्रो हुन्थ्यो । ठूलो इनिङ्सले रोहितको आइपीएलमा आत्मविश्वास फर्काउन मद्दत गर्न सक्थो । जसले टोलीको ब्याटिङलाई बलियो बनाउथ्यो । रोहितले सिजनको शुरुवातमा सफलता पाउन हरेक चाल चलेपनि सफल हुन सक्नु भएन ।
३ फास्ट बलिङको अगाडि रोहित टिक्न सक्नु भएन
यस पटक रोहितको ब्याट तिब्र गतिका बलरहरुको अगाडि पटक्कै खुल्न सकेन । यस सिजन उहाँ १४ इनिङ्समा ९ पटक फास्ट बलरको शिकार हुनु भयो । रोहितले तिब्र गतिका बलरहरुको अगाडि २ सय १९ रन बनाउनु भयो । यस अवधिमा उनको स्ट्राइक रेट १ सय २१ मात्र रह्यो । फास्ट बलिङका अगाडि लगातार पुल सट प्रहार गर्ने रोहितले यो सिजन फास्ट बलरविरुद्ध १२ छक्का र २४ चौका मात्र प्रहार गर्न सक्नु भयो । फास्ट बलिङ खेल्दाँ देखिएको रोहितको कमजोरीले पुरै टोलीलाई प्रभावित गर्यो ।
४. लगातार क्रिकेट खेलको कारण हिटम्यान मानसिक रुपमा थकित देखिनु भयो
रोहित लगातार क्रिकेट खेलिरहनु भएको छ । जसका कारण उहाँको खेलमा मानसिक थकान पनि देखिएको थियो । टोलीको अन्तिम लिग खेल पछि, हिटम्यानले धेरै चीजहरू गर्न चाहेको तर माासिक थकानका कारण पुरा गर्न नसकेको स्वीकार्नु भयो । रोहितले भन्नु भयो,‘ म आफ्नो प्रदर्शनबाट निकै निराश छु । तर, मसंग यस्तो पहिले पनि भएको छ । मानसिक पक्षलाई ध्यानमा राखेर फर्ममा फर्कने प्रयास गर्नेछु । जब म यसका लागि समय पाउँछु, म खेल्ने तरिकामा केही परिवर्तन गर्छु ’।
५. अन्य ब्याट्सम्यानको असफलताले रोहितमाथि दबाब बढ्यो
विश्व क्रिकेटका शीर्ष तीन ह्वाट बल ब्याट्सम्यान रोहितको ब्याटिङ मुम्बईका प्रमुख ब्याट्सम्यानको असफलताको कारण पनि खस्कन पुग्यो । इशान किशनले सिजनको अन्त्य सम्ममा ४ सय रनको आँकडा पार गरे पनि टोलीले सुरुमा बेहोरेकोे ८ हारमा उहाँको प्रदर्शन अपेक्षाअनुरुप हुन सकेन । यस्तो अवस्थामा रोहितले खुलेर आफ्नो इनिङ खेल्न सक्नु भएन ।
किरोन पोलार्डको निराशाजनक प्रदर्शनका कारण मुम्बईको मध्यक्रम दबाबमा परेको थियो । मुम्बई पूर्ण रूपमा आईपीएलबाट बाहिर नहुन्जेल सम्म पोलार्ड निरन्तर रुपमा टिमको अन्तिम ११ मा सामेल हुनु भयो । तर यस सिजन उहाको कुनै पनि प्रदर्शन सम्झन लायक हुन सकेन । हार्दिक पाण्डेया र कृणाल पाण्ड्याको अनुपस्थितिले पनि मुम्बईलाई सिथिल बनायो ।
यसअघिका सिजनहरुमा मिडल अर्डरमा पोलार्ड र पाण्ड्या ब्रदर्सविरुद्धको खेल समाप्त गर्नु हुदाँ रोहित ढुक्क भएर स्वतन्त्र रूपमा शट खेल्न सक्षम हुनुहन्यो । तर, यसपटक भने त्यस्तो भएन ।
मुम्बईले पछिल्लो ६ खेलमा ४ जितसहित सिजनको अन्त्य गर्यो । टिमले टिम डेभिडजस्ता भरपर्दो म्याच फिनिशर पनि पाएको छ । अब टोली व्यवस्थापनले खेलाडीको संयोजनलाई राम्ररी बुझेको हुनुपर्छ भन्ने अपेक्षा गरिएको छ ।