यू–१७ एसियन कप छनोटको ’ड्र’ सार्वजनिक, नेपाल समूह ’एफ’ मा
काठमाडौं । एशियाली फुटबल महासंघले एएफसी यू–१७ एसियन कप छनोट खेल्ने टोलीहरुको ’ड्र’ सार्वजनिक गरेको छ । एएफसीले सार्वजनिक गरेका ’ड्र’ अनुसार नेपाल समूह ’एफ’ मा परेको छ ।
मंगलबार सार्वजनिक गरेको ’ड्र’ को समूह ’एफ’ मा नेपाल सहित थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपे रहेका छन् । यस समूहको छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । जसबाट प्रतेक समूहका विजेताले बहराइनमा २०२३ मा आयोजना हुने यू–१७ एसियन कपमा स्थान बनाउने छन् । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत यू–१७ एसियन कप खेल्नेछ ।
२०२३ अक्टोबर १ देखि ९ सम्म बहराइनमा आयोजना हुने प्रतियोगितामा कुल १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
