नवयुग राष्ट्रिय फुटबल टोलीको कप्तान नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानको जिममेवारी नवयुग श्रेष्ठलाई दिईएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फरवार्ड नवयुगलाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको हो ।
प्रशिक्षक र खेलाडीबिचको विवादका कारण नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सहित अन्य १० खेलाडीलाई राष्ट्रिय टोलीबाट बाहिर गरिएपछि एन्फाले नवयुगलाई कप्तानको जिम्मेवारी दिएको हो ।
३१ बर्षिय नवयुग श्रेष्ठले सन् २०१६ मा भारतमा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गर्नु भएको थियो । नेपालका लागि ३९ अन्तर्राष्ट्रय क्याप जित्नु भएका सन्टर फरवार्ड श्रेष्ठले ७ अन्तर्राष्ट्रय गोल गर्नु भएको छ ।
नवयुगले कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको खेलबाट राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नु हुनेछ । नेपाल एएफसी एसियन कप छनोटको तयारीका लागि बुधबार कतार प्रस्थान गर्देछ । टोलीलाई बिदाई गर्न आयोजति कार्यक्रममा नवयुगलाई कप्तानको घोषणा गरेको हो ।
कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि प्रशिक्षक अलमुताइरीले गत शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडी टोलीबाट बाहिर हनु हुन्छ ।