पानी अभियान सफल पार्न जागिर छाड्दै मित्रलाल पार्दे
पोल्याण्ड – “हरेक घरमा धारो होस, हरेक गाउंमा सिचाई होस” भन्ने नारासहित पानी अभियान चलाई रहेका मित्रलाल पार्देले अभियानलाई व्यापक बनाउन आफ्नो जागिर छाड्ने भएका छन् ।
दाङबाट पोल्याण्डलाई आफ्नो कर्मथलो बनाएका पार्देले आउने मे १ तारिख देखी जागिर छाडेर पानी अभियानमा समर्पित हुन लागेको बताएका छन् । समाज परिवर्तन बोलेर होइन गरेर देखाउने अठोट सहित पानी अभियानलाई विश्वब्यापी बनाउन जागिर छाडेर अभियानमा होमिल लागेको पार्देले बताएका छन् ।
करिव डेड वर्ष देखी सामाजिक संजालमार्फत पानी अभियान चलाइरहेका पार्देले अव फिल्डमै गएर अभियानबारे बुझाउन तथा अभियानलाई प्रभावकारी बनाउन करिब १० वर्ष देखी गर्दै आएको जागिर छाड्ने निर्णय गरेका हुन् । दाङबाट पानी अभियान शुरु गरेका पार्देले दाङमा स ुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिती मार्फत खानेपानीको काम जारी राखेका छन् ।
आफुले जागिर छाडेर पानी अभियानमा लाग्ने निर्णय गरेसंगै अभियानलाई साथ र समर्थन गर्नेहरु सहित र्याली निकालीने पार्देले बताएका छन् ।