नेपाल टी २० लिगमा सहभागि हुने ६ टोलीको टुङ्गो
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगमा सहभागि हुने ६ टोलीको टुङ्गो लगाएको छ । क्यानले पहिलो संस्करणको नेपाल टी २० लिगमा सहभागि हुने ६ टोलीको टुङ्गो लगाउदै नामाकरण समेत गरेको छ ।
क्यानको मंगलबार (हिजो) सम्पन्न बोर्ड बैठकले नेपालका प्रमूख सहरको नाबाट फ्रेन्चाईज टोलीहरुको नामाकरण गरेको छ ।
असोज ८ बाट सुरु हुने प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर, जनकपुर, काठ्माण्डौ, पोखरा, लुम्बिनी भैरहवा र फार वेस्टर्न गरि ५ टिमको सहभागिता रहने छ ।
क्यानले जेठ ४ गते बुधबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको थियो ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको असोज ८ देखि कात्तिक ५ गते सम्म सञ्चालन हुनेछ ।
क्यानले यसअघि नै नेपाल टी–२० लिग आयोजना गर्ने बताईसकेको थियो। यद्यपी औपचारिक घोषणा गरेको थिएन् । प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ ।
यस्तै क्यनको बोर्ड बैठकले नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेञ्चाईड लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरेको छ ।
