जिम्बाब्वेविरुद्ध नामिबियालाई ऐतिहासिक सिरिज
नामिबियाले जिम्बाब्वेविरुद्ध ऐतिहासिक टी–२० आई सिरिज जितेको छ । पाँच खेलको शृंखलाको निर्णायक खेलमा जिम्बाब्वेलाई ३२ रनले पराजित गर्दै नामिबियाले पहिलो पटिक आईसीसीको पुर्ण सदस्य राष्ट्रिविरुद्ध सिरिज जितेको छ ।
बुलावायोमा खेलिएको पाँचौं टी–२० आईमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । तर जवाफमा आयोजक जिम्बाब्व ९५ रनमै अलआउट भयो । ४८ रनको महत्वपूर्ण इनिङ्स खेल्नु भएका नामिबियाका क्रेग विलियम्स म्यान अफ द म्याच घोषित हुनु भयो ।
पहिले ब्याटिङ गरेको नामिबियालाई सुरुदेखि नै नियमित अन्तरालमा झट्का लागेको थियो । तर क्रेग विलियम्सले एक छेउबाट पक्कड जमाई राख्नु भयो र टिमलाई सम्मान जनक अवस्था सम्म पुर्याउनु भयो ।
विलियम्स बाहेक माइकल भान लिङ्गेन १२ रन यान निकोल लोफ्टी–इटन र जेन ग्रीन समान ९ रन, डेभिड भिजे ५ रन र कप्तान गेर्हार्ड इरास्मस ० रनमा आउट हुनु भयो ।
विलियम्स पनि १५ औं ओभरमा टिमको स्कोर ९७ रन हुदाँ ३९ बलमा ४८ रन बनाएर आउट हुनु भयो । त्यस पछि रुबेन ट्रम्पलम्यान (१९ रन नटआउट) र यान फ्राइलिंक (१५ रन) ले टोलीलाई १ सय २७ को स्कोर सम्म पुर्याउनु भयो ।
जिम्बाब्वेका लागि ल्यूक जोङवे, वेस्ली मधेभेरे र सिकन्दर रजाले समान २–२ विकेट लिनु भयो ।
जवाफमा जिम्बाब्वेले सुरुआत सुस्त बनाएको थियो र सुरुवाती झट्काबाट पनि उम्कन पनि सकेको थिएन । टोनी मुन्योंगाले २८ रन जोड्नु बाहेक अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सक्नु भएन । जसका कारण जिम्बाब्वे १९.१ ओभरमा ९५ रन मात्रै समेटिन पुग्यो ।
नामिबियाका लागि यान फ्राइलिंक र गेर्हार्ड इरास्मसले दुई–दुई विकेट लिनु भयो ।
नामिबियाले पहिलो पटिक आईसीसीको पुर्ण सदस्य राष्ट्रिविरुद्ध सिरिज जितेसंगै आईसीसीले समेत नामिबियालाई बधाई दिएको छ ।
यसै बर्षको सुरुवातमा जिम्बाब्वेको ए टोलीले नेपाल भ्रमण गरेको थियो । सिरिज अन्तर्गत टी–२० सिरिज १–१ को बराबरीमा समाप्त हुदाँ एकदिवसीय सिरिज नेपालले जितेको थियो ।