ओलम्पियन देबु थापालाई पितृ शोक
काठमाण्डौं । नेपाल ओलम्पियन संघका सचिव एवं जुडो खेलकी ओलम्पियन खेलाडी तथा हाल राष्ट्रीय प्रशिक्षक देबु थापालाई पितृ शोक परेको छ । देबुका पिता लालबहादुर थापाको बुधबार राति ७७ वर्षको उमेरमा निधन भएको हो ।
थापाको बिहिबार बिहान काठमाण्डौंको पशुपति आर्यघाटमा अन्तिम संस्कार समेत गरिएको छ ।
नेपाली खेल क्षत्रका विभिन्न पदाधिकारीहरु र खेलाडीहरुले समाजिक सञ्जालमा पोष्ट गर्दै मृतआत्माको चिर शान्तिको कामना गर्नु भएको छ । सामान्य रक्तचापको रोगमात्र रहेका थापाको बिहिबार बिहान पौने १ बजे अकस्मात निधन भएको परिवार श्रोतले जनाएको छ ।
देबुले सन् २००८ मा चिनमा भएकोे बेइजिङ्ग ओलम्पिकमा नेपालको तर्फबाट जुडो खेलका लागि सहभागिता जनाउनु भएको थियो । उहाँले श्रीलंकामा भएको दशौं सागमा रजत पदक, बंगलादेशमा सम्पन्न ११औं सागमा कास्य जित्नु भएको थियो ।
बंगलादेशमा सम्पन्न भएको ११औं सागको दौरान होटलको लिफ्टमा प्राविधिक समस्या आएर लिफ्ट भत्किदा देबुको खुट्टा भाच्चिएको थियो । देबुले गत भदौमा नेपाल प्रहरीको निरिक्षक पदबाट निवृत्त हुनु भएको थियो ।