नेपाल टी–२० लिग टिम खरिदका लागि टेन्डर आह्वान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि फ्रेन्चाईज टिम खरिद गर्न खुल्ला टेन्डर आह्वान गरेको छ । क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रेन्चाईज खरिदका लागि टेन्डर आह्वान गरिएको जनाएको हो ।
क्यानको मंगलबार बसेको बोर्ड बैठकले पहिलो संस्करणको नेपाल टी–२० लिगका लागि ६ टोलीको नाम टुङ्गो लगाएको थियो । क्यानका अनुसार आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न टोलीको सहभागिता रहने छ ।
क्यानले आजबाट इच्छुक लागनीकर्तालाई टेन्डरका लागि प्रक्रिया खुल्ला गरेको छ । टेन्डरको मिती जुन १० तारिखसम्म रहेको छ ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस ब्यावसायीक र रणनितीक साझेदार घोषणा गर्दै क्यानले कैलालीमा सम्पन्न साधारण सभामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो ।
क्यानले आफ्नो आधिकारिक लिग आयोजना गर्ने घोषणा गर्दै हाल सञ्चालनमा आएका लिगहरुलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेपछि नेपालको प्रमुख लिग ईपीएलले यसको विरोध गर्दै बिहिबार सर्वोच्चोमा रिट समेत दायर गरेको छ । यद्यपी क्यानले हाल सञ्चालनमा रहेका फ्रेन्चाईज लिगहरुलाई क्षेत्रिय मान्यता दिने जनाएको छ ।
