दोस्रो क्वालिफायरमा आरसीबी र आरआर भिड्दै, को पुग्ला फाईनल ?
आईपीएल २०२२ को दोस्रो क्वालिफायर खेलमा आज शुक्रबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर प्रतिस्पर्धा गर्दै छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिने खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे सुरु हुनेछ ।
आरआरको कुरा गर्दा यो टोली पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । आरसीबीले पहिलो एलिमिनेटरमा लखनऊ सुपर जाइन्ट्स विरुद्ध जित दर्ता गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । आजको खेल जुन टोलीले जित हात पार्छ उसले आइतबार फाइनलमा गुजरात टाइटन्ससँग खेल्नेछ ।
बैंगलोर पक्कै पनि भाग्यले प्लेअफमा पुगे पनि एलिमिनेटरमा दमदार खेल प्रदर्शन गरेको थियो । मुम्बईसँग दिल्ली पराजित भएपछि प्लेअफमा पुगेको आरसीबी एलिमिनेटर पछि निकै बलियो टोली जस्तो देखिन्छ । रजत पाटीदार जस्ता उदाउँदा स्टारका कारण लगातार तेस्रो पटक प्लेअफमा पुगेको यो टोलीले आज पनि आरआरलाई कडा चुनौती दिने निश्चित छ ।
गुजरातविरुद्ध ७३ रनको धमाकेदार इनिङ्स खेलेपछि विराट कोहली पनि फर्ममा फर्कनु भएको छ । विराटले टोलीलाई उत्कृष्ट सुरुवात दिन सक्नु हुनेछ । कप्तान फाफ डु प्लेसिसले केही ठूला अवसरमा राम्रो प्रदर्शन गर्न सक्नु भएको छैन । टोलीले उहाँबाट बलियो इनिङ्सको अपेक्षा गर्नेछ ।
राजस्थान रोयल्स टोलीमा ओरेन्ज क्याप होल्डर ब्याट्सम्यान र पर्पल क्याप होल्डर बलर हुनु हुन्छ । जोस बटलर र युजवेन्द्र चहलको उत्कृष्ट प्रदर्शनका बाबजुद टोली पहिलो क्वालिफायर जितेर प्लेअफमा पुग्न सकेन । प्रशिद्ध कृष्णा राम्रो बलर भएपनि पहिलो क्वालिफायर जस्तो ठूलो खेलको अन्तिम ओभरले उहाँलाई दबाबमा पारेको स्पस्ट देखिन्थो ।
अन्तिम ओभरमा डिफेन्ड गर्न १६ रन भइपनि उहाँले खेल जोगाउन सक्नु भएन । उहाँले डेभिड मिलरलाई लगातार बल प्लटमा दिदाँ मिलरले सबै ३ बलमा छक्का प्रहार गर्दै गुजरात लाई फाईनलमा स्थान दिलाउनु भयो । आज राम्रो ब्याटिङ गर्नुका साथै राजस्थानले आफ्ना बलरहरूबाट म्याच जिताउने प्रदर्शनको अपेक्षा गर्नेछ ।
हेड टु हेड
हाल सम्म दुई टोलीहरू २६ पटक भिडेका छन्, जसमा आरआरले ११ खेल जित्दाँ आरसीबीले १३ खेल आफ्नो पक्षमा पारेको छ ।
आर आर सम्भावित ११
यशस्वी जैसवाल, जोस बटलर, सञ्जु सैमसन (कप्तान र विकेटकीपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण, युजवेन्द्र चहल र ओबेद म्याकोय ।
आरसीबी सम्भावित ११
विराट कोहली, फाफ डु प्लेसिस (कप्तान), रजत पाटीदार, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकीपर), महिपाल लोमरोर, शाहबाज अहमद, वानिन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज र जोस हेजलवुड ।