बटलरको शतकमा १४ बर्ष पछि राजस्थान फाईनलमा
इंग्लिस ब्याटर जस बटलरको सानदार शतकको मद्दतमा राजस्थान रोयल्स १४ बर्ष पछि इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै सन् २००८ को आईपीएलको पहिलो संस्करण जितेको राजस्थान १४ बर्ष पछि फाइनलमा पुगेको हो ।
बैंगलोरले जितका लागि प्रस्तुत गरेको १ सय ५८ रनको समान्य लक्ष्य राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
राजस्थानलाई फाइृनल पुर्याउन ओपनरजस बटलर ६० बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय ६ रनमा अविजित ईनिङ खेल्नु भयो । जारी सिजन बटलरको यो चौथो शतक हो । बटलरले २०१६ मा बेंगलोरका विराट कोहलीले प्रहार गरेको एकै सिजनमा सर्वाधिक ४ शतकको कीर्तिमान बराबरी गर्नु भएको छ ।
यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले २३ रन र यशश्स्वी जैसवालले २१ रनको योगदान दिनु भयो ।
बैंगलोरका जोश हेजलवुडले २ र वानिन्दु हसरंगाले १ विकेट लिनु भयो ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।
बेंगलोरका रजत पाटिदारले सर्वाधिक ५८ रन बनाउनु भयो । कप्तान फाप डु प्लेसिसले २५ रन तथा ग्लेन म्याक्सवेलले २४ रन बनाउदाँ साहबाज अहमेद १२ रनमा अविजित रहनु भयो ।
राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३–३ विकेट लिनु भयो ।
अव राजस्थानले फाइनलमा गुजरात टाइटन्स खेल्नेछ । १५ औं सस्करणको आईपीएलको आईनल आइतबार खेलिनेछ ।