अमेरीकामा डुबेर नेपाली बिद्यार्थीको मृत्यु
अमेरीका – अमेरिका स्थित मिनिसोटा राज्यको एक विश्वबिद्यालयमा अध्ययनरत एक नेपाली बिद्यार्थीको डुबेर ज्यान गएको छ ।
अमेरिकाको उत्तरी राज्य मिनिसोटाको साउथ वेष्ट मिनिसोटा स्टेट युनीभर्सिटिमा अध्ययनरत अर्बिन थापाको नदिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ ।
करिब डेढ वर्ष अघि हस्पिटालिटी मेनेजमेन्ट अध्ययन गर्न आएका थापा शनिवार स्थानीय नदिमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
नेपालको लमजुङ शुन्दरबजार -३, भोटेओडार घर भएका मृतक थापाको शवलाई अहिले स्थानीय अस्पतालमा राखिएको मृतकका आफन्त तथा प्रवासी नेपाली मंचका अध्यक्ष प्रभु थापाले जानकारी दिनुभयो । स्थानीय नदिमा पौडी खेल्ने क्रममा हराइरहेका थापाको शव आइतवार बिहान फेला परेको बताइएको छ ।