च्याम्पियन्स लिग फाईनलः रियल म्याड्रिड वा लिभरपुल कसले मार्ला बाजी
शनिबार राति हुने युइएफए च्याम्पियन्स लिगको फाइनलमा युरोपका दुई सबैभन्दा सफल टोलीहरू स्पेनिस रियल म्याड्रिड र इंग्लिस टोली लिभरपुल प्रतिस्पर्धा गर्दै छन् ।
फ्रान्सको पेरिसमा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यी दुबै टोलीको पङ्क्तिमा उत्कृष्ट खेलाडीहरू छन् र उत्कृष्टताको लडाईमा आज राति दुबै टोलीललाई प्रमाणित गर्ने एक अवसर छ ।
लिभरपुल अहिले प्रभावशाली लयमा छ र प्रिमियर लिगको उपाधि गुमाएपछि यो सिजन युरोपेली ट्रफीको खोजीमा हुनेछ ।सेमिफाइनलमा भिल्लारियलले इङ्लिस दिग्गजहरूलाई केही चुनौती प्रस्तुग गरे पनि समग्रमा राम्रो नतिजा सहित फाईनल पुगेको लिभरपुल खेलमा थप शसक्क्त प्रदर्शन गर्ने निश्चित छ ।
अर्कोतर्फ, रियल म्याड्रिडले यो सिजन ला लिगामा आफ्नो प्रभुत्व जमाएको छ र शनिबार आफ्नो १४ औं च्याम्पियन्स लिग उपाधि जित्न प्रयत्नरत हुनेछ । लस ब्लान्कोसले यस बर्ष पूनःआगमन सिहतको शसक्तm प्रदर्शन गरेको छ र यो खेल अगाडि पूर्ण आत्मबल सहित पूर्ण आत्माविश्वासका साथ मैदान उत्रनेछ ।
हेड टू हेड
रियल म्याड्रिडले लिभरपुलमाथि थोरै अग्रता लिएको छ र दुई टोलीबीच खेलेका आठमध्ये चार खेलमा जित निकालेको छ । लिभरपुलले रियल म्याड्रिड विरुद्ध तीन जित हात पारेको छ । शनिबारको फाईनल खेलमा लिभरपुल रियल म्याड्रिडविरुद्ध बराबरी जितको खोजिमा हुने छ भने रियल जितको अग्रतामा थप एक अंक जोड्न चहाँनेछ ।
अन्तिम पटक दुई टोलीबीच अघिल्लो वर्ष यस प्रतियोगिताको अन्तिम ८ मा भेट भएको थियो । दुबैले गोल रहित बराबरी खेलेका थिए । तर पहिलो लेगको नतिजाका आधारमा समग्रमा ३–१ को नतिजा सहित स्पेनिस क्लब विजयी भएको थियो ।
टिम न्युज
लिभरपुल
लिभरपुलका डिभोक ओरिगी हाल चोट ग्रस्त हुनु हुन्छ र आजको खेल गुमाउनु हुनेछ । जो गोमेजको रकभरी पनि पुरा हुन सकेको छैन । यस बाहेक लिभरपुलका अन्य सबै खेलाडीहरु फिट छन् र टोलीलाई दोस्रो पटक च्याम्पियन्स लिग च्याम्पियन बनाउन हर सम्भव प्रयास गर्ने छन् । यस अघि लिभरपुलले पहिलो पटक सन् २०१९ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।
रियल म्याड्रिड
रियल म्याड्रिडडेभिड अलाबा र ग्यारेथ बेलको उपलब्धतामा केही शंका छ । दुबै खेलाडी चोटिल छन् । मिगुएल गुटेरेज पनि चोटका कारण फाईनलमा फिचर हुनु हुने छैन ।
लिभरपुल प्रिडिक्टेड इलेवन (४–३–३):
एलिसन बेकर; ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड, इब्राहिमा कोनाटे, भर्जिल भ्यान डाइक, एन्ड्रयू रोबर्टसन; फबिन्हो, जोर्डन हेन्डरसन, थियागो अल्कान्टारा; लुइस डियाज, साडियो माने र मोहम्मद सलाह
रियल म्याड्रिट प्रिडिक्टेड इलेवन (४–३–३):
थिबाउट कोर्टोइस,फेर्ल्याण्ड मेन्डी, नाचो, एडर मिलिताओ, ड्यानी कार्भाजल, कासेमिरो, टोनी क्रुस, लुका मोड्रिच, फेडेरिको भाल्भर्डे, भिनिसियस जुनियर र करिम बेन्जेमा ।