अमेरिका भ्रमण गर्ने क्रिकेट टोलीको बिदाई
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले नेपाली क्रिकेट टोलीलाई बिदाई गर्नु भएको हो ।
कार्यक्रममा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताका लागि तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गर्नु भयो ।
अमेरिकामा नेपाले घरेलु टोली अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । उक्त सिरिज अघि नेपाली टिमले त्यहाँका २ वटा क्लबसँग अभ्यास खेल खेल्ने छ ।
अभ्यास अन्तर्गत नेपालले पहिलो खेल नेपाली अलस्टारसँग खेल्नेछ भने दोस्रो खेल माइनर लिग खेल्ने टिम ह्यूस्टन हुरिकेन्ससँग खेल्नेछ । नेपालले जेठ १९ मा नेपाली अल स्टार र जेठ २१ मा ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्ने छ ।
नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । त्यपछि दोस्रो खेलमा जेठ २६ ओमानसं खेल्दाँ जेठ २८ ले ओमान र सिरिजको अन्तिम खेलमा असार १ गते अमेरिकासंग खेल्ने छ ।
लिग २ मा नेपालले हाल सम्म १२ खेल खेल्दै ६ जित सहित १२ अंक जोडेको छ । आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ जित सहित ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।