यू–१९ विश्वकप एशिया छनोट खेल्ने महिला क्रिकेट टोली घोषणा
काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू–१९ विश्वकप एशिया छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले सनिबार कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।
यू १९ विश्वकपको एशिया छनोट अन्तर्गत नेपाली यू १९ महिला टिमले आफ्नो पहिलो खेल कतारसँग खेल्ने भएको छ ।
मलेसियामा यहि जेठ २० गते देखि हुने एसीसी यू १९ विश्वकपको एशिया छनोटमा पहिलो खेल कतार संग खेल्दा दोस्रो खेल जेठ २१ गते यूएईसँग खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल जेठ २३ गते भुटानविरुद्धसंग २४ जेठ मा थाइल्याण्डसँग र २६ जेठमा मलेसियासँग खेल्नेछ ।
छनोटको शिर्ष स्थानमा रहने टोलीलले अर्को बर्ष दक्षिण अफ्रिकामा हुने टी २० विश्वकपका लागि भएको छनोट हुनेछ । यू १९ टी २० महिला विश्वकपमा कुल १६ टिमको सहभागिता रहनेछ ।
नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । नेपाली टिम यतिबेला छनोटका लागि अन्तिम तयारीमा रहेको छ ।
नेपाली टोलीः
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), श्रृष्टि जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, एलिसा यादव (विकेट किपर),साना प्रभिन, रञ्जु श्रेष्ठ (विकेट किपर), आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुवँर, अन्जली विके, अनु कडायत र सुस्मिता भुसाल ।
