रियल म्याड्रिड च्याम्पियन
एजेन्सी । स्पेनिस च्याम्पियन रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको च्याम्पियन बनेको हो ।
पेरिसमा सम्पन्न फाईनल खेलमा रियललाई कीर्तिमानी उपाधि दिलाउन दोस्रो हाफमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । ब्राजिलियन भिनिसियस जुनियरले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गर्नु भएको थियो ।
अन्तिम पटक सन् २०१८ मा च्याम्पियन बन्न सफल रियलले पछिल्लो ९ सिजनमा पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलसँगको हारसँगै लिभरपुल यो सिजन तीन उपाधि जित्ने धोको अधुरो भएको छ । यो सिजन चार उपाधि जित्ने प्रचुर सम्भावनाका बाबजुद लिभरपुल दुई उपाधिमा खुम्चिन पुग्यो । लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि भने उचाल्न सकेन । लिभरपुलले २०१८ मा भोगेको हारको बदला लिनसमेत असफल रह्यो । लिभरपसल त्यतिबेला ३–१ ले पराजित भएको थियो ।